Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • १७ डिआइजी एकैपटक गृह मन्त्रालय पसेपछि…

    १७ डिआइजी एकैपटक गृह मन्त्रालय पसेपछि…

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । केही बेर अघि मात्रै दर्ज्यानी चिन्ह लगाएका नेपाल प्रहरीका १७ डिआइजी एकै पटक गृहमन्त्रालय पुगेका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा डिआईजीको दर्ज्यानी चिन्ह लगाएका उनीहरु गृहमन्त्रीलाई भेट्न सिंहरदबारस्थित गृहमन्त्रालय प्रवेश गरेका हुन् ।

    प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले उनीहरुलाई दर्ज्यानी चिन्ह लगाएका हुन् ।



    भेटमा गृहमन्त्री बालकृष्ण खाँणले पदान्नती भएका १७ जनालाई गृह मन्त्रालयमा बधाई र निर्देशन दिँदै नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए।



    गृहमन्त्री खाणले भने–‘प्रहरीको उच्च ओहदामा पुग्नुभएकोमा नेपाल सरकार र गृह मन्त्रालयका तर्फबाट हार्दिक बधाई । नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।’

    अहिले डिआईजीमा बढुवा भएकाहरू नै नौ महिनापछि महानिरीक्षक बन्ने बताउँदै गृहमन्त्री खाँडले राम्रो कायसम्पादन गर्दै आफूलाई अब्बल अधिकृत बनाउने कोसिस् गर्न निर्देशन दिए ।

    पदोन्नती भएका अधिकृतहरूलाई बढुवाका लागि भन्दा उत्कृष्ट कार्यसम्पादनका लागि प्रतिष्पर्धा गर्न निर्देशन दिंदै उनले नेपाल प्रहरीमा महिला नेतृत्व तहमा पुग्नुपर्छ भन्ने चाहना सरकारको रहेको पनि बताए ।

    अहिले प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका १७ जनामध्ये चार महिला छन् । किरण बज्राचार्य, मिरा चौधरी, दुर्गा सिंह र किरण राणा प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका हुन् ।

    गृहमन्त्रीले डिआईजीहरूलाई निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, प्रहरी महानिरीक्षक सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, गृह मन्त्रालयका सहसचिवहरू टेकबहादुर केसी, फणिन्द्रमणि पोखरेललगायतको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार