Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एसएसपीबाट बढुवा भएका १७ जनाले लगाए डिआइजीको फूली

    एसएसपीबाट बढुवा भएका १७ जनाले लगाए डिआइजीको फूली

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 2K
    SHARES

    काठमाडौैं । एसएसपीबाट बढुवा भएका नेपाल प्रहरीका १७ जनाले डिआइजीको दर्ज्यानी चिन्ह (फूली) लगाएका छन्।

    प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच आईजीपी धिरजप्रताप सिंहले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन।



    गृहमन्त्रालयको यही असार १७ गतेको निर्णयले उनीहरुलाई डिआइजी पदको लागि बढुवा सिफारिस गर्ने निर्णय गरेको थियो ।



    बसन्तबहादुर कुँवर, टेकप्रसाद राई,  अशोक सिंह,  दिपक थापा श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी , सुदीप गिरी, मिरा चौधरी, टेक प्रसाद तामाङ, उमेशराज जोशी, भिम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणाले डिआइजीको दर्ज्यानी चिन्ह लगाएका छन् ।

    समारोहमा आईजीपी सिंहले बढुवा भएका डिआइजीहरुलाई बधाई दिँदै बढुवापछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे ।

    उनीहरुको पदस्थापन पनि भएको बुझिएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार