Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अभिनेत्री करिश्मा मानन्धरसँगै सजपा अध्यक्ष सिंह एमाले प्रवेश

    अभिनेत्री करिश्मा मानन्धरसँगै सजपा अध्यक्ष सिंह एमाले प्रवेश

    अनलाइन नेपाल
  • मंगलबार, ८ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । चर्चित अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छिन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज काठमाडौंमा आयोजित एक कार्यक्रममा अभिनेत्री मानन्धरलाई पार्टी प्रवेश गराएका हुन् ।

    मानन्धरसँगै समाजवादी जनता पार्टी (सजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंह पनि एमाले प्रवेश गरेका छन् ।



    सिंहको नेतृत्वमा रहेको समाजवादी जनता पार्टी एमालेमा समाहित भएको हो । सिंह पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार हुँदा खानेपानीमन्त्री थिए ।



    त्यसैगरी माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा शेर्पा मुक्ति मोर्चाका पूर्व सचिव रामेछापका नाम्गेल शेर्पा पनि एमाले प्रवेश गरेका छन् ।

    अभिनेत्री मानन्धर भने बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय रहेकी भए पनि पछिल्लो समय निष्क्रिय रहेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार