Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • चैत २५ देखि एनएसएल सञ्चालन गर्न एन्फाले दियो स्वीकृति

    चैत २५ देखि एनएसएल सञ्चालन गर्न एन्फाले दियो स्वीकृति

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 840
    SHARES

    काठमाडौं ।  खेलाडी अनुबन्धका विषयमा विवाद रहेको नेपाल सुपर लिग (एनएसएल)सञ्चालन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले स्वीकृति दिएको छ ।

    एन्फाले चैत २५ देखि जेठ १ गतेसम्म नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) लाई एनएसएल आयोजनाका लागि स्वीकृति दिएको हो ।



    एन्फाले अध्यक्ष कर्मा छिरिङ शेर्पाको संयोजकत्वमा विवाद समधान समिति गठन गरेको थियो । समितिको बुधबार बसेको बैठकले एनएसएल गर्न स्वीकृति दिएको हो ।



    एन्फाका कार्यवाहक महासचिव अरुणमान जोशीको हस्ताक्षर रहेको पत्रमा एनएसएलका लागि स्वीकृति दिएको उल्लेख छ ।

    खेलाडी अनुबन्धका विषयमा विवाद भएको कारण एनएसएलको टाइसिट ड्र रोकिएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार