Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एनएसएलका लागि नयाँ सम्झौता, ८ वर्षमा एन्फाले १७ करोड २१ लाख रुपैयाँ पाउने

    एनएसएलका लागि नयाँ सम्झौता, ८ वर्षमा एन्फाले १७ करोड २१ लाख रुपैयाँ पाउने

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 564
    SHARES

    काठमाडौं । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले र एनएसएल आयोजक नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालिबीच नयाँ सम्झौता भएको छ ।

    मंगलबार एक कार्यक्रमबीच एन्फा महासचिव किरण राई र नेपाल नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालिका अध्यक्ष आश्रयता कार्की चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । करिब ८ वर्षका लागि सम्झौता गरिएको हो ।



    यो अवधिका लागि संघले प्रतियोगिताको सम्पूर्ण अधिकार दिएवापत प्रालिले १७ करोड २१ लाख रुपैयाँ उपलब्ध गराउने छ।



    सोमबार भएको सम्झौता कार्यक्रममा पहिलो सिजनका लागि उपलब्ध गराउनुपर्ने १ करोड ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ ।

    नेपाल सुपर लिग फुटबलको पहिलो संस्करण सम्पन्न भए पनि विवादका कारण दोस्रो संस्करण सुरु हुन सकेको थिएन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार