Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • नेपाल सुपर लिगको दोस्रो संस्करण आजदेखि, काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम भिड्ने

    नेपाल सुपर लिगको दोस्रो संस्करण आजदेखि, काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम भिड्ने

    अनलाइन नेपाल
  • शुक्रबार, ८ मंसिर २०८०
  • 591
    SHARES

    काठमाडौं । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुने भएको छ ।

    प्रतियोगिताको पहिलो खेल आज साविक विजेता काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम डे मेची एफसीबीच प्रतिस्पर्धा हुन लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजेदेखि सुरु हुनेछ ।



    आजदेखि पुस १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगञ्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेल्ने छन् ।



    यसअघि सन् २०२१ मा पहिलो संस्करण सम्पन्न भए पनि कोभिड(१९ महामारी र एन्फासँगको सम्झौता विवादका कारण दोस्रो संस्करण आयोजना हुन सकेको थिएन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार