Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • जनजीवन सामान्य बनेपछि लेटाङमा आज बिहानदेखि कर्फ्यु हट्यो

    जनजीवन सामान्य बनेपछि लेटाङमा आज बिहानदेखि कर्फ्यु हट्यो

    अनलाइन नेपाल
  • बिहिबार, १० चैत्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । मोरङको लेटाङमा आज बिहानदेखि कर्फ्यु हटेको छ । जिल्ला सुरक्षा समितिको हिजो बसेको बैठकले अवस्था सामान्य बनेको भन्दै आज बिहान ६ बजेदेखि कर्फ्यु हटाउने निर्णय गरेको हो ।

    लेटाङ–५ मा स्थानीय एक शिक्षकले आफ्नै विद्यालयका छात्रालाई होलीको दिन यौन दुर्व्यवहार गरेको विषयलाई लिएर गएको आइतवार तनाव भएको थियो ।



    आइतवार स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको थियो ।



    घटनापछि लेटाङ नगरपालिका-३ र ४ को गंगेचोक र कमलपुर, लेटाङ–५ को सम्पूर्ण क्षेत्र र लेटाङ–६ को वडा कार्यालय क्षेत्र, मोरङे खोला र चिसाङ खोला क्षेत्रमा कर्फ्युको आदेश जारी भएको थियो। कर्फ्यु हटेपछि जनजीवन सामान्य बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार