Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • साढे ९० करोड बक्यौता बुझाउन तीन क्यासिनोलाई पर्यटनमन्त्री आलेले दिए पाँच दिनको अल्टिमेटम

    साढे ९० करोड बक्यौता बुझाउन तीन क्यासिनोलाई पर्यटनमन्त्री आलेले दिए पाँच दिनको अल्टिमेटम

    अनलाइन नेपाल
  • बिहिबार, १० चैत्र २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बक्यौता बुझाउन तीन क्यासिनोलाई अल्टिमेटम दिएका छन् ।

    ती क्यासिनोले साढे ९० करोड बुझाउन बाँकी रहेकामा मन्त्री आलेले पाँच दिनको अल्टिमेटम दिएका हुन् ।



    पर्यटन विभागले सार्वजनिक सूचना जारी गरी रक इन्टरनेशनल प्रालि काठमाडौंको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौंको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (¥याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड बक्यौता रहेको जनाएको छ ।



    पटक-पटकको सार्वजनिक सूचना, सचिवस्तरीय निर्णयबाट दिइएको अल्टिमेटममा पनि ती क्यासिनो सञ्चालकले रोयल्टी र नवीकरण बापतको बक्यौता नतिरेपछि आलेले मन्त्रीस्तरीय निर्णयबाट अल्टिमेटम दिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार