Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • प्रमोद साहमाथि भएको सांघातिक आक्रमणबारे छानबिन हुन्छ : गृहमन्त्री खाँण

    प्रमोद साहमाथि भएको सांघातिक आक्रमणबारे छानबिन हुन्छ : गृहमन्त्री खाँण

    अनलाइन नेपाल
  • शनिबार, १२ चैत्र २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद साहमाथि भएको सांघातिक आक्रमणको छानबिन गरिने गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् ।

    सर्लाहीको ईश्वरपुर नगरपालिका ६ पुरानो नगरपालिका चोकमा शनिबार बिहाने साहमाथि आक्रमण भएको थियो ।



    घाइते साहलाई मेडिसीटी अस्पतालमा पुगेर भेट्दै गृहमन्त्री खाणले घटनाको छानबिन गरी दोषीउपर कारबाही गरिने आश्वासन दिएका हुन् ।



    ‘माननीय प्रमोद साहमाथि भएको आक्रमणको छानबिन हुन्छ,’ गृहमन्त्री खाणले भने, ‘छानबिनमा दोषी देखिएकामाथि कारबाही हुन्छ।’ भेटमा गृहमन्त्री खाणले सांसद साहको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे ।

    पार्टी कामको सिलसिलामा गृहजिल्ला सर्लाही पुगेका सांसद साहको आक्रमणबाट टाउकोमा गहिरो चोट लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार