Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मन्त्री श्रेष्ठद्वारा गाउँब्लकमा रहेका करिब २० हजार भूमिविहिनलाई लालपूर्जा वितरण

    मन्त्री श्रेष्ठद्वारा गाउँब्लकमा रहेका करिब २० हजार भूमिविहिनलाई लालपूर्जा वितरण

    अनलाइन नेपाल
  • आइतबार, १३ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म गाउँब्लकमा रहेका करिब २० हजार भूमि विहिनले जग्गा धनीदर्ता प्रमाण पूूर्जा (लालपूर्जा) वितरण गरिएको छ ।

    बाँकेको कोहलपुर नगरपालिका–३ को गाउँब्लकमा रहेका ९६ घरपरिवारलाई आज लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले यसवर्षको प्राथमिकतामा नै नरहेको भएपनि आफूले मन्त्रालय संहालेपछि गाउँब्लकमा लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर काम आगाडी बढाएको बताइन् ।



    मन्त्री श्रेष्ठले चार महिनाको अवधिमा गाउँब्लमा रहेका १९ हजार ६ सयभन्दाबढी भूमिविहिनलाई लालपूर्जा वितरण गरिसएिको भन्दै अबको एकवर्ष भित्र सबै गाउँब्लकको समस्या समाधान गरिसक्ने गरि कामलाइ तिब्र पारिएको बताइन् ।



    संविधानमा भएको नागरिकको हक कार्यान्वयलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै उहाँले जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह गरिन् । मन्त्री श्रेष्ठले यो वा त्यो पार्टी नभनी जनताको पक्षमा काम गर्ने सबैसँग हातेमालो गरेर अघी बढ्न आफू तयार रहेको भन्दै सही काम गर्नेलाई जनताले पनि चिन्न आवश्यक रहेको पनि बताइन् ।

    मन्त्री श्रेष्ठले भूमिहिन दलित तथा भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यबस्थीत बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम शुरु गरिसकेको भन्दै बारम्बार उठिरहने भूमि सम्बन्धी समस्यालाई दिगो रुपमानै समाधान गर्न आफू लागिरहेको पनि बताइन् ।

    मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुुषा, सुनसरी, चितवन इच्छाकामना गाउँपालिका, काठमाडौंको किर्तिपुर नगरपालिका, भक्तपुको मध्यपुर ठिमि नगरपालिका, तनहुँको बन्दीपुर र चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेका भूूमि विहिनहरुलाई लालपूर्जा वितरण गरिसकेकी छन् । २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरुलाई लालपुुर्जा वितरण अभियान तिब्र पारिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार