Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मैत्रीपूर्ण फुटबल : नेपाली टोली थाइल्यान्डको चोनबुरी क्लबसँग पनि पराजित

    मैत्रीपूर्ण फुटबल : नेपाली टोली थाइल्यान्डको चोनबुरी क्लबसँग पनि पराजित

    अनलाइन नेपाल
  • आइतबार, १३ चैत्र २०७८
  • 1K
    SHARES

    काठमाडौ. । मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोली थाइल्यान्डको चोनबरी एफसीसँग हारेको छ । थाइल्यान्डमा आज भएको मैत्रीपूर्ण फुटबलमा नेपाली टोली चोनबरीसँग तीन–एक गोलले हारेको हो ।

    पहिलो हाफमा एक गोल गरेको चोनबरीले दोस्रो हाफमा अरू दुई गोल गर्‍यो । नेपालका लागि ८३ औँ मिनेटमा दर्शन गुरुङले एक गोल गरे ।



    यसअघि थाइल्यान्डसँग भएको मैत्रीपूर्ण फुटबलमा नेपाल दुई–शून्य गोलले पराजित भएको थियो । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपाल मैत्रीपूर्ण फुटबल खेल्न थाइल्यान्ड पुगेको हो ।



    नेपाल एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीमा छ । तेस्रो चरणको छनोट खेलमा नेपालले जेठ २५ गते जोर्डन, चैत २८ मा कुवेत र चैत ३१ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार