Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतीय आधार कार्डसहित क्यासिनोमा जुवा खेल्ने दुईजना नेपाली पक्राउ

    भारतीय आधार कार्डसहित क्यासिनोमा जुवा खेल्ने दुईजना नेपाली पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १५ चैत्र २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । भारतीय आधार कार्डसहित क्यासिनोमा जुवा खेलेको आरोपमा प्रहरीले दुईजना नेपाली नागरिकलाई पक्राउ गरेको छ । नेपाली नागरिकहरु क्यासिनो प्रवेश गरी अवैद्य रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त, दरवारमार्गका प्रहरी नायव उपरीक्षक सहितको टोलीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा सुनसरी बकलौरी गाविस–२ साविक स्थायी घर भएका ४६ वर्षीय मदन कार्की र सर्लाही ढुंग्रेखोला गाविस–२ साविक स्थायी घर भएका ३३ वर्षीय वबिरमान भोलन रहेका छन् । उनीहरुलाई सोमाबार राति काठमाडौं महानगरपालिका– ६ छायाँ कम्प्लेक्समा भएको होटल अलफ्टद्धारा सञ्चालित वाल्डो क्यासिनोमा चेकजाँच गर्दा ३० टेवुल मध्ये नम्बर ११४ टेवुलमा ‘बीएसीसीर्‍याट’ जुवा खेलिरहेको बेलामा पक्राउ गरिएको हो ।



    उनीहरुको साथबाट वाल्डो क्यासिनो लेखेको पहेलो रंगको ५० हजारको क्वाईन १ थान, कालो रंगको १० हजारको क्वाईन ३ थान, निलो रंगको ५ हजारको क्वाईन २ थान र निलो रंगको १ हजारको क्वाईन ९ थान गरी जम्मा ९९ हजारको क्वाईन १५ थान बरामद गरिएको वृत्तले जनाएको छ।



    यस्तै, उनीहरुको साथबाट मानव शर्मा र विर भुटीया नामको भारतीय आधार कार्ड २ थानसमेत बरामद गरिएको छ। उनीहरुलाई तत्काल पक्राउ गरी काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमार्फत् जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जुवा ऐनमा ५ दिनको म्याद थप लिइ अनुसन्धान भइरहेकोप्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार