Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • स्थानीय तह निर्वाचन : साढे २ लाख बढी सुरक्षाकर्मी परिचालन गरिँदै

    स्थानीय तह निर्वाचन : साढे २ लाख बढी सुरक्षाकर्मी परिचालन गरिँदै

    अनलाइन नेपाल
  • बुधबार, १६ चैत्र २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न सुरक्षा निकायका २ लाख ५० हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

    सरकारले स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा योजना बनाएपछि हाल सुरक्षा निकायबाट खटनपटनका लागि आवश्यक तयारी भइरहेको हो ।



    स्थानीय तह निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी खटाइँदै छ । यसैगरी म्यादी प्रहरी पनि भर्ना गरेर खटाइँदै छ ।



    प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार नेपाल प्रहरीबाट ६२ हजार बढी प्रहरी खटाइँदै छ । यस्तै, म्यादी प्रहरी १ लाख खट्नेछन् । सशस्त्र प्रहरीबाट ३२ हजार, सेनाबाट ७० हजार सुरक्षाकर्मी खटनपटनको तयारी भइरहेको छ ।

    निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदानस्थल र मतदानकेन्द्रको टुंगो लगाएपछि सबै सुरक्षा अंगहरू आआफ्नो तयारीमा अघि बढेका हुन् । आयोगले देशभर १० हजार ७ सय ५६ मतदानस्थल र २१ हजार ९ सय ५५ मतदानकेन्द्र कायम गरिएको जनाएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार