Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • निर्वाचन सुरक्षामा पूर्व सुरक्षाकर्मी पनि

    निर्वाचन सुरक्षामा पूर्व सुरक्षाकर्मी पनि

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 921
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आगामी मङ्सिर ४ गतेका लागि तय भएको सङ्घीय तथा प्रदेश तहको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन गृह मन्त्रालय सुरक्षा तयारी र व्यवस्थापनमा जुटेको छ ।

    त्यसका लागि रक्षा मन्त्रालय र निर्वाचन आयोगसँग समन्वय गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्ने तयारी मन्त्रालयले गरेको छ ।



    गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले एकै चरणमा सम्पन्न हुने निर्वाचनका लागि चारवटै सुरक्षा निकायबाहेक अवकाश प्राप्त सुरक्षाकर्मी तथा म्यादी प्रहरीसमेत परिचालन गरी विगतका निर्वाचनभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने गृहकार्य भइरहेको जानकारी दिए ।



    गत स्थानीय तह निर्वाचनको सुरक्षार्थ झन्डै ७० हजार सैनिक, ६२ हजार प्रहरी, ३२ हजार सशस्त्र प्रहरी र ९० हजार म्यादी परिचालन गरिएको थियो । उनले निर्वाचनको सुरक्षाका लागि आवश्यक पर्ने स्रोतसाधन र बन्दोबस्तीबारे अध्ययन भइरहेको बताए । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार