Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • तीन डीआईजीको बढुवा सिफारिस आयोगद्वारा सदर, भोलि नै एआइजीमा बढुवा गरी फुली लगाउने तयारी

    तीन डीआईजीको बढुवा सिफारिस आयोगद्वारा सदर, भोलि नै एआइजीमा बढुवा गरी फुली लगाउने तयारी

    अनलाइन नेपाल
  • बुधबार, १६ चैत्र २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । लोकसेवा आयोगले नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्न गरेको सिफारिसलाई सदर गरेको छ ।

    बढुवा समितिले गरेको निर्णय लोकसेवा आयोगले आज सदर गरेपछि अब एआइजी बढुवा गर्ने बाटो खुलेको छ । संभवतः भोलि बस्ने मन्त्रिपरिषदको बैठकले तीन डीआइजीलाई एआइजीमा बढुवा गर्नेछ । र, उनीहरुले संभवत : भोलि नै दज्र्यानी चिह्न पनि लाउनेछन् ।



    गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, रवीन्द्र धानुक र धिरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।



    तर, वरिष्ठता र कार्यक्षमताको आधारमा बढुवा सिफारिस नभएको भन्दै डीआईजीहरु घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कील‍े लोकसेवा आयोगमा उजुरी दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार