Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाल प्रहरीमा चार एआईजी आईजीपी बन्ने दौडमा, भावी आईजीपी को बन्ला ?

    नेपाल प्रहरीमा चार एआईजी आईजीपी बन्ने दौडमा, भावी आईजीपी को बन्ला ?

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका तीन प्रहरी अधिकारीले बिहीबार फुली लगाए ।

    सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई डीआईजीबाट एआईजीमा बढुवा गर्ने निर्णय गरेपछि उनीहरूले बिहीबार नै फुली लगाएका हुन् ।



    बढुवा भएका प्रहरी अधिकारीले फुली लगाएसँगै प्रहरीमा ‘आगामी नेतृत्वमा को रु’ भन्ने चर्चा सुरु भइसकेको छ । अब प्रहरीको नयाँ नेतृत्वका लागि चार जना एआईजी प्रतिस्पर्धामा उत्रने निश्चित भएको हो ।



    विश्वराज पोखरेल र सहकुलबहादुर थापा यसअघि नै एआईजीमा बढुवा भएका थिए । पोखरेल थापाभन्दा अघि २०७७ मंसिरमा नै एआईजी बनेका हुन् । थापा भने गत असारमा एआईजी भएका हुन् ।

    बिहीबार तीन जनालाई सरकारले एआईजीमा बढुवा गरेसँगै सिंह र धानुक पनि भावी प्रहरी महानिरीक्षकका लागि सशक्त दाबेदार बनेका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार