Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अस्ट्रेलियालाई सातौँपटक महिला विश्वकपको उपाधि

    अस्ट्रेलियालाई सातौँपटक महिला विश्वकपको उपाधि

    अनलाइन नेपाल
  • आइतबार, २० चैत्र २०७८
  • 1.1K
    SHARES

    महिला विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ ।

    इंग्ल्याण्डलाई ७१ रनले पराजित गर्दै अस्ट्रेलियाले सातौँपटक विश्वकपको उपाधि जितेको हो ।



    अस्ट्रेलिया दिएको ३ सय ६६ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्ड ४३.४ ओभरमा मात्र २ सय ८५ रनमा समेटिएको हो ।



    इंग्ल्याण्डका लागि नाट स्काइभरले नटआउट रहँदै १ सय ४८ रन बनाइन् । ट्यामी बियोमाउन्टले २५ तथा कप्तान हेदर नाइटले २६ रन बनाइन् । अस्ट्रेलियाका लागि एलाना किंग र जेस जोनासनले ३–३ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले एलिसा हेलीको १७० रनको मद्दतले ५ विकेटको क्षतिमा ३ सय ५६ रन बनाएको थियो । उनलाई रेचल हेन्सले ६८ तथा बेथ मुनीले ६२ रन बनाउँदै राम्रो साथ दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार