Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • जाजरकोटमा चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय

    जाजरकोटमा चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, २१ चैत्र २०७८
  • 1.8K
    SHARES

    जाजरकोट । जाजरकोटमा सत्तारुढ दलले आगामी स्थानीय चुनावमा तालमेल गर्ने सहमति गरेका छन् ।

    केन्द्रीय निर्देशन अनुसार जिल्लामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी केन्द्रको बैठकले चुनावी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका हुन् ।



    गठबन्धनको काम, कारबाहीलाई व्यवस्थित बनाउन र आवश्यक तयारीका लागि पार्टी प्रमुखसहित एक दलबाट ३ जनाको दरले १२ जनाको सत्ता गठबन्धन दलको जिल्ला स्तरीय संयन्त्र निर्माण गर्ने समेत निर्णय गरिएको चार दलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।



    पालिका स्तरमा सत्ता गठबन्धनको मर्ममा खलल पर्ने गरी कुनै पनि गतिविधि सञ्चालन र अभिव्यक्ति सार्वजनिक नगर्न पनि गठबन्धन दलले आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार