Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • डीआईजीसहित दर्जनौँ प्रहरीको सम्पत्ति छानबिन गर्दै अख्तियार

    डीआईजीसहित दर्जनौँ प्रहरीको सम्पत्ति छानबिन गर्दै अख्तियार

    अनलाइन नेपाल
  • मंगलबार, २२ चैत्र २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका केही उच्च अधिकारीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति छानबिन थालेको छ । स्रोत नखुलेको सम्पत्ति रहेको उजुरीका आधारमा छानबिन सुरु भएको स्रोत बताउँछ ।

    डिआइजी बसन्त लामा, एसएसपी योगबहादुर पाल, एसपी मनोज यादब, डिएसपी सुधीरराज शाही लगायतमाथि छानबिन सुरु भएको स्रोतले बताएको छ । केही अधिकारीलाई अख्तियारले सम्पत्ति छानबिनका लागि १३ पन्ना भराइसकेको छ ।



    डिआइजी लामा हाल प्रहरीको खरिद हेर्ने प्रबन्ध निर्देशनालयमा छन् । जहाँ चुनावी बजेटमा उनले हालिमुहाली गर्ने अवसर पाएका छन् । यसअघि काठमाडौं परिसर तथा बागमती प्रदेशमा काम गरेका थिए । सुन तस्करीसम्बन्धि टोलीमा रहँदा उनले पक्षपातपूर्ण अनुसन्धान गरेर आफ्नै सहकर्मीलाई फसाएको तर, तस्करहरुलाई उम्काएको आरोप लागेको थियो ।



    त्यस्तै, एसएसपी पाल प्रहरीका विवादास्पद र पटक–पटक कारबाही भोगेका अधिकृत हुन् । राष्ट्रिय अनुसन्धानबाट प्रहरीमा आएका उनी सोलुखुम्बुमा हुँदा गम्भीर किसिमको घटनामा मुछिएर तानिएका व्यक्ति हुन् ।

    एसपी यादव गत हप्तासम्म पश्चिम नवलपरासीमा कार्यरत थिए । त्यहाँ उनले तस्करीको लाइन खुलाएर पैसा कमाएको स्रोत बताउँछ । त्यस्तै, उनको शैक्षिक प्रमाणपत्रसमेत शंकास्पद रहेको अख्तियारका एक अधिकारीले बताए । विगतमा पनि उनीमाथि छानबिन भएकोमा छानबिन रोक्न सफल भएका थिए । प्रहरीका अन्य केही उच्च अधिकारीविरुद्ध समेत उजुरी परेपनि विस्तृत छानबिन गरिएको छैन । सभार दृष्टि साप्ताहिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार