Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रहित र जनहितको काममा कोही पनि विभाजित हुनु हुदैन : मन्त्री श्रेष्ठ

    राष्ट्रहित र जनहितको काममा कोही पनि विभाजित हुनु हुदैन : मन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • मंगलबार, २२ चैत्र २०७८
  • 981
    SHARES

    भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरु स्थापनाको उदेश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिएकी छन् । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं. १० मा मल्टि च्याम्बर कोल्ड स्टोरको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएअनुसार सहकारीलाई कृषिसँग जोड्दै उत्पादन र उत्पादकत्व बढाएर स्वाधिन अर्थतन्त्रको विकास गर्नेगरी बजेटमार्फत विशेष योजना ल्याउने तयारी भइरहेको जानकारी दिइन् ।

    मन्त्री श्रेष्ठले जग्गाको चक्लावन्दी गरेर उत्पादन र उत्पादकत्व बृद्धि गर्ने गरी भू–उपयोग नियमावली निर्माणको काम अन्तिम चरणमा पुगेको र छिट्टै आउने बताउदै यसबाट कृषियोग्य जमिनमा भइरहेको खण्डिकरण रोक्न मद्दत पुग्ने विश्वास समेत व्यक्त गरिन् ।



    संविधान, ऐन नियम र नियमावलीहरु बनेपनि त्यसको कार्यान्वयन हुन नसकेका कारण भूमि सम्बन्धी समस्या हालसम्म पनि समाधान हुन नसकेको भन्र्दै आफूले जग्गासम्बन्धी समस्या दिगो रुपमा गर्न खोजीरहेको पनि मन्त्री श्रेष्ठले बताइन् ।



    कार्यक्रममा उनले भनिन्–‘संविधान, ऐन नियम बनाएर र ठूलाठूला भाषण गरेर मात्रै विकास काम नहुने रैछ त्यो हामीले देखिसकेका छौ । त्यसका लागि अहिले नागरिकले अनुभुति गर्ने गरी काम गर्न शुरु भइसकेको छ । संविधान कार्यान्वयन र भूमि सम्बन्धी समस्या समाधानको काम पहिलो प्राथमिकतामा राखिएको छ, २०२१ सालयता नापी भएर पनि लालपूर्जा पाउन नसकिरहेका गाउँब्लकका नागरिक र भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने अभियान नै शुरु गरि सकेका छौं । भूमिहिन दलितलाई ललापूर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तीबाटबाट शुरु ग¥यौं । अब फेरीपनि भूमि सम्बन्धी समस्या समाधानका लागि भन्दै आयोग र समिति गठन गरिरहन नपर्ने गरी योजनाबद्ध रुपमा नै काम शुरु गरिसकेका छौं । यसमा सबैको साथ र सहयोग आवश्यक छ ।’

    मन्त्री श्रेष्ठले राष्ट्रहित र जनहितमा आफूले शुरु गरेको कामको पक्ष र विपक्षमा तर्क बितर्क शुरु भइसको भन्दै राष्ट्रहित र मुलुकको समृद्धिको काममा कोहीपनि विभाजित हुन नहुने पनि बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार