Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राखेपका सदस्यसचिव कुलबहादुर थापाले दिए राजीनामा

    राखेपका सदस्यसचिव कुलबहादुर थापाले दिए राजीनामा

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 804
    SHARES

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)का निमित्त सदस्यसचिव कुलबहादुर थापाले राजीनामा दिएका छन् ।

    सर्वोच्चको आदेशसँगै टंकलाल घिसिङलाई राखेपको सदस्यसचिवको जिम्मेवारी सुम्पिए पछि थापाले राजीनामा दिएका हुन् ।



    उनले मंगलबारै घिसिङसमक्ष राजीनामा बुझाएका छन् ।



    सरकारले राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई १ कात्तिकमा बर्खास्त गर्ने निर्णय गरेको थियो ।

    १२ मंसिरमा टंकलाल घिसिङलाई नयाँ नियुक्ति गरिए पनि सिलवालले सर्वोच्चमा रिट दायर गरेपछि राखेपको कार्यकारी प्रमुख खाली हुन पुगेको थियो ।

    युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले मन्त्रीस्तरीय निर्णयबाट ४ फागुनमा राखेप कर्मचारी थापालाई निमित्त सदस्यसचिवको जिम्मेबारी दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार