Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बुँदोकैदो कराँतेका मुख्य प्रशिक्षक श्रेष्ठ बर्खास्त

    बुँदोकैदो कराँतेका मुख्य प्रशिक्षक श्रेष्ठ बर्खास्त

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । फुल कन्ट्याक्ट बुँदोकैदो कराँतेका मुख्य प्रशिक्षक काजीमान श्रेष्ठ बर्खास्त भएका छन् ।

    फुल कन्ट्याक्ट बुँदोकैदो कराँतेका मुख्य प्रशिक्षक श्रेष्ठविरुद्ध गाडी चोरीको आरोप लागेपछि राष्ट्रिय खेलकुद परिषद्ले उनलाई मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको हो ।



    श्रेष्ठ माघ १९ गते मात्रै राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत काठमाडौं जिल्ला खेलकुद विकास समितिका मुख्य प्रशिक्षकमा बढुवा भएका थिए ।



    प्रशिक्षक श्रेष्ठले आफ्नो गाडी चोरी गरेको बताउँदै जीवन पाण्डेले प्रमाणसहित परिषद्‌मा मंगलवार उजुरी दिएका थिए ।

    उनको उजुरीपछि परिषद्ले श्रेष्ठलाई मुख्य प्रशिक्षकबाट हटाएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार