Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • क्रिकेटरलाई जनही १३ लाख दिन राखेपको सिफारिस

    क्रिकेटरलाई जनही १३ लाख दिन राखेपको सिफारिस

    अनलाइन नेपाल
  • मंगलबार, २१ कार्तिक २०८०
  • 585
    SHARES

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट हुन सफल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही १३ लाख रुपैयाँ नगद पुरस्कार दिन सरकारसमक्ष सिफारिस गरेको छ ।

    राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले खेलाडी र कोचिङ स्टाफलाई नगद पुरस्कार प्रदान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।



    घरेलु मैदानमा आइतबार सम्पन्न आईसीसी टी-२० विश्वकप एसिया फाइनलको शीर्ष दुईमा रहँदै नपालले एक दशकपछि टी-२० विश्वकपमा स्थान बनाएको थियो । टी-२० विश्वकप २०२४ जुनमा अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुनेछ ।



    टी-२० विश्वकपमा छनोट भएका १५ खेलाडीलाई जनही १३ लाख, मुख्य प्रशिक्षकलाई ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोलाई समान १ लाख ९५ हजार रुपैयाँ नगद पुरस्कार दिन सिफारिस गरिएको हो ।

    १५ खेलाडी तथा समान १–१ मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार बसेको बोर्ड बैठकले पनि टी-२० विश्वकपमा छनोट भएको टोलीलाई नगद ५० लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार