Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले कुटे कर्मचारी

    गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले कुटे कर्मचारी

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 1.9K
    SHARES

    पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारीमाथि कुटपिट गरेका छन् ।

    उनले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेका हुन् ।
    हिजो मंगलबार नै हातपात गरेको भएपनि बुधबार मात्र बाहिर जानकारीमा आएको हो।



    फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका ओझालाई मन्त्री मनाङेले हातपात गरेका हुन् ।



    ओझाले कुटपिटबारे मन्त्रालयका सचिव बद्री अधिकारी र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई घटनालगत्तै जानकारी गराएका थिए ।

    आफू हिजोदेखि नै सुरक्षासम्बन्धी बैठकमा बागलुङमा रहेको र ओझाले मंगलबार नै घटनाबारे जानकारी गराएको भए पनि सम्पूर्ण सत्थतथ्य बुझ्न बाँकी रहेको सचिव अधिकारीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार