Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • निलम्बित प्रधानन्यायाधीश जबराको विभूषण रोक्ने सरकारको निर्णय

    निलम्बित प्रधानन्यायाधीश जबराको विभूषण रोक्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले विभूषण नगर्ने भएको छ । आगामी वैशाख १ गते सरकारले पदक वितरण गर्ने कार्यक्रम तय गरिएको छ । तर विभूषण प्रदान समारोहमा जबरालाई भने नबोलाइने गृह मन्त्रालयले जनाएको छ  ।

    जबरालाई तेस्रो ठूलो विभूषण महाउज्ज्वल राष्ट्रदीप दिने निर्णय गत असोजमा सरकारले गरेको थियो  । संविधान दिवसमा घोषणा भएका विभूषण १ वैशाखमा प्रदान गरिने प्रचलन छ  । अन्यको हकमा १ वैशाखमा विभूषणका लागि बोलाइएको छ, तर जबरालाई भने नबोलाइएको गृह मन्त्रालयले जनाएको छ ।



    बुधबार मन्त्रालयमा भएको छलफलमा उनीमाथिको महाभियोगको टुंगो लागेपछि मात्र विभूषण दिने वा रद्द गर्ने निर्णय गरिने र तत्कालका लागि स्थगन गर्ने निर्णय भएको हो ।



    यस्तै सर्वोच्चका अरु चार न्यायाधीशलाई पनि पदक दिइने भएको छ। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई उज्ज्वल कीर्तिमय राष्ट्रदीप र अरु तीन न्यायाधीशलाई प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्रदान गर्न लागिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार