Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • मन्त्रिपरिषद् बैठक

    विभूषण वितरणको मापदण्ड बनाउन सरकारद्वारा समिति गठन

    विभूषण वितरणको मापदण्ड बनाउन सरकारद्वारा समिति गठन

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 480
    SHARES

    काठमाडौं । सरकारले विभूषण तथा पदक वितरणको मापदण्ड बनाउन समिति गठन गर्ने निर्णण् गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

    आजको मन्त्रिपरिषदमा विभूषण तथा पदक वितरणका विषयमा छलफल भएको थियो ।



    सो क्रममा हालसम्म हुँदै आएको पदक वितरण उचित नभएको भन्दै आफ्नो क्षेत्रका विशिष्ट व्यक्तिले पदक पाउने गरी मापदण्ड बनाउने समझदारी भएको हो ।



    विभूषण प्रदान गर्ने मापदण्ड निर्माणका लागि गठित समितिको नाम पछि सार्वजनिक गर्ने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार