Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • राष्ट्रपतिबाट विभूषित हुन प्रवेशपत्र चाहिने, प्रवेश लिन गृहको आग्रह

    राष्ट्रपतिबाट विभूषित हुन प्रवेशपत्र चाहिने, प्रवेश लिन गृहको आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 456
    SHARES

    काठमाडौं । राष्ट्रपतिबाट विभूषण पाउनेहरूले शितल निवास आउजाउ गर्न गृह मन्त्रालयबाट प्रवेश पत्र लिनुपर्ने भएको छ ।

    गृहमा आजदेखि चैत २९ गतेसम्म परिचय खुल्ने प्रमाण पत्र देखाएर शितल निवास प्रवेश गर्ने पत्र लिन गृहले आग्रह गरेको हो । यही वैशाख १ गते राष्ट्रपति निवासमा विभूषण वितरणका लागि समारोह हुँदैछ ।



    गत असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरब, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्राप्त गर्नेलाई शितल निवास महाराजगञ्जमा वैशाख १ गते विभूषण प्रदान गर्ने कार्यक्रम छ।



    चैत २४ गतेदेखि २९ गतेसम्म आ–आफ्नो परिचय खुल्ने प्रमाणसहित गृह मन्त्रालय सिंहदरबारमा सम्पर्क गरी सुशोभन समारोहको प्रवेशपत्र लिन अनुरोध गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार