Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • विभूषण वितरणमा साढे २४ करोड खर्च

    विभूषण वितरणमा साढे २४ करोड खर्च

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । सरकारले तीन आर्थिक वर्षमा साढे २४ करोड रुपैयाँको मानपदवी र अलङ्कार वितरण गरेको छ । मानपदवीमा खर्च बढ्दै गएपछि महालेखा परीक्षकको कार्यालयले खर्च घटाउन सिफारिस गरेको छ ।

    महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनअनुसार २०७५/७६ मा ५१८ जना, २०७६/ ७७ मा ६३३ जना र यो वर्ष ५९३ जना विभूषित गर्ने निर्णय भएको थियो । त्यसैगरी २०७८/७९ मा ८८७ जनालाई विभूषित गर्ने निर्णय भएको छ ।



    घोषणा गरेका विभूषण तयार गर्न गृह मन्त्रालयले २०७५/७६ मा रू ५ करोड ६९ लाख ७७ हजार, २०७७र७८ मा ८ करोड ५० लाख र २०७७/७६ मा रू१० करोड २२ लाख १६ हजार खर्च गरेको देखिन्छ ।



    विगतमा घोषणा भएमध्येको १७६ मानपदवी, ३६ अलङ्कार र ६२ पदकसमेत २७४ विभूषण वितरण नभई मौज्दात रहेको महालेखाले जनाएको छ ।विभूषण ऐन, २०६४ मा ४ प्रकारका १२ श्रेणी मानपदवी, ९ प्रकारका अलङ्कार र १३ प्रकारका पदकबाट राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई विभूषण समितिले स्वीकृत गरेको मापदण्ड, २०७५ बमोजिम सिफारिस गर्ने र नेपाल सरकारले निर्णय गर्ने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार