Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • संविधान दिवसमा विभूषण घोषणा नगर्ने सरकारको निर्णय

    संविधान दिवसमा विभूषण घोषणा नगर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 687
    SHARES

    काठमाडौं । सरकारले यस वर्ष संविधान दिवसका अवसरमा विभूषण नबाँड्ने भएको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसका अवसरमा दिँदै आएको विभूषण नबाड्ने निर्णय गरेको हो ।



    मन्त्रिपरिषद् बैठकले विभूषणसम्बन्धी अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।



    “संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गर्ने । हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने,” सरकारको निर्णयमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार