Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कमल थापाले भने-‘गर्भनर हटाउने सरकारको निर्णय अदूरदर्शी र निन्दनीय छ’

    कमल थापाले भने-‘गर्भनर हटाउने सरकारको निर्णय अदूरदर्शी र निन्दनीय छ’

    अनलाइन नेपाल
  • शुक्रबार, २५ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाल राष्ट्र बैंकको गर्भनर हटाउनु सरकारको निर्णय अदूरदर्शी र निन्दनीय रहेको बताएका छन् ।

    सरकारले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई हटाएपछि सामाजिक सञ्जालमा लेख्दै उनले देशको अर्थतन्त्र कमजोर बन्दै गइरहेको अवस्थामा हचुवाको भरमा राष्ट्र बैंकको गभर्नरलाई निलम्बन गर्ने सरकारको निर्णय अदूरदर्शी, गैरजिम्मेवार र निन्दनीय रहेको बताएका हुन् ।



    उनले भने, ‘अर्थतन्त्र कमजोर बन्दै गइरहेको अवस्थामा हचुवाको भरमा नेपाल राष्ट्र बैंकको गभर्नरलाई निलम्बन गर्ने सरकारको निर्णय अदूरदर्शी, गैरजिम्मेवार र निन्दनीय छ । यसले समग्र आर्थिक क्षेत्रमा गलत सन्देश प्रवाहित भएको छ। यो निर्णय तत्काल सच्याउनु राम्रो हुन्छ।’



    गर्भनर हटाउने निर्णयमा प्रधानमन्त्री देउवाको ध्यान जानुपर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार