Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भरतपुर महानगरपालिका : मेयरमा नेपाली काँग्रेसका २५ जनाको दाबी

    भरतपुर महानगरपालिका : मेयरमा नेपाली काँग्रेसका २५ जनाको दाबी

    अनलाइन नेपाल
  • सोमबार, २८ चैत्र २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका २५ जनाले दाबी प्रस्तुत गरेका छन् ।त्यस्तै उपमेयरमा २४ जनाको दरखास्त परेको छ ।

    नेपाली कांग्रेस महानगर समिति चितवनले आइतबार र सोमबार दुई दिनसम्म मेयर र उपमेयरमा उठ्न चाहने दाबेदारको नाम दर्ताको आह्वान गरेको थियो ।



    मेयरको उम्मेदवारमा केन्द्रीय सदस्य, पूर्वसांसद, बहालवाला जनप्रतिनिधि, पार्टीको जिल्ला तथा नगरको चुनावमा पराजित उम्मेदवार देखि विजयी नेताहरु आकांक्षी देखिएका छन् ।



    त्यस्तै, केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, दिनेश कोइराला, प्रदेश मन्त्री मिलनबाबु श्रेष्ठ, उपमेयर पार्वती शाह ठकुरी, पूर्वजिल्ला सचिव उत्तम जोशी, निवर्तमान कोषाध्यक्ष शंकर कँडेल, प्रदेश कोषाध्यक्ष दीर्घमान श्रेष्ठ, महानगर सभापति चित्रसेन अधिकारी, निर्वतमान महानगर सभापति भरत अधिकारी, आकांक्षी छन् ।

    यस्तै पूर्वसांसद जगन्नाथ पौडेल, तारानाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, नीलकण्ठ रिजाल, गौरी कुमारी श्रेष्ठ, मिना कुमारी खरेल, सुबोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरुङ, प्रकाश अधिकारी, प्राडा केशवभक्त सापकोटा, राजेन्द्र डोटेल, डा सुर्यकान्त घिमिरे, हिरामणि अधिकारी र घनश्याम दवाडी रहेका छन् ।

    उपमेयर पदका २४ जना आकांक्षी छन् । टंकनाथ पौडेल, तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देवेन्द्र गुरुङ, पूर्णबहादुर गुरुङ, राजिव न्यौपाने, वीरेन्द्र केसि, भुपतिदास सापकोटा, केदारनाथ बराल, रबि भद्र शर्मा खनालले मनोनयन दर्ता गएका छन् ।

    यस्तै उपमेयरमा निर्मलराज पौडेल, सुरबिर पोख्रेल, महेन्द्र श्रेष्ठ, एलिसा अधिकारी, सुर्यनाथ अधिकारी, गिता गुरुङ, विनु रायमाझी पौडेल, विजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र बिदुर केसीको नाम दर्ता भएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार