Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एकै परिवारका ८ जनाको गोली हानी हत्या

    एकै परिवारका ८ जनाको गोली हानी हत्या

    अनलाइन नेपाल
  • मंगलबार, २९ चैत्र २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको छ ।

    मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको त्यहाँका महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।



    सोमबार हत्या भएको हाे। मारिएकामा ६ जना महिला र दुई पुरुष छन् ।



    अज्ञात व्यक्तिले परिवारका ती सदस्यको हत्या गरेको समाचारमा बताइएकाे छ । हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    अज्ञात व्यक्तिले घरैमा पुगेर उनीहरुको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । अधिकारीहरुका अनुसार सबै जनालाई गोली लागेकाे छ । गोली लागेर सात जनाको घरैमा मृत्यु भएको थियाे भने एक जनाको अस्पतालमा मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार