Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • डाँका पक्रन प्रहरीले चलायो गोली, दुईजना समातिए

    डाँका पक्रन प्रहरीले चलायो गोली, दुईजना समातिए

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 4.7K
    SHARES

    फाइल तस्विर

    सर्लाही । सर्लाहीमा प्रहरीले गोली चलाएको छ । लुटपाटमा आएकाहरुलाई नियन्त्रणमा लिएको तर भाग्न खोजेपछि प्रहरीले घुँडा र तिघ्रामा गोली हानेको हो ।

    गोली लागेर भारत मोतिहारी घर भएका जितेन्द्र राउत घाइते भएका छन् । उनको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



    सर्लाहीको बरहथवामा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा लैजाँदै गर्दा प्रहरीको हतियार खोसेर भाग्न खोजेपछि प्रहरीले गोली चलाएको बताइएको छ ।



    मोटरसाइकलमा आएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि भाग्न खोजेका थिए ।

    उनीविरुद्ध भारतमा अपहरण र शरीर बन्धक कसुरमा करिब १ दर्जन मुद्दा विचाराधीन रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार