Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • पर्साको कालीकमाईमा गोली चल्यो, बालक घाइते

    पर्साको कालीकमाईमा गोली चल्यो, बालक घाइते

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 2.2K
    SHARES

    फाइल तस्विर

    पर्सा । पर्साको कालीकमाई गाउँपालिका-५ बिरञ्चीबर्वामा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार दिउँसो एयरगनबाट प्रहार गरिएको गोलीको छर्रा लागेर एक बालक घाइते भएका हुन् ।

    घाइते हुनेमा स्थानीय ९ वर्षीय बालक श्यामसुन्दर महतो रहेका छन् । वीरञ्चीबर्वास्थित आँपको बगैंचामा मंगलबार दिउँसो महत्तोसहितका बालबालिकाहरू खेल्न गएका थिए ।



    त्यहि बेला बगैंचाधनी ४५ वर्षीय बलिराम तिवारीले आँप टिप्न आएको भन्दै एयरगनबाट गोली हानेको र उक्त गोलीको छर्रा लागेर महतो घाइते भएको पर्सा प्रहरीले जनाएको छ ।



    घुँडामा गोलीको छर्रा लागेर घाइते भएका महतोलाई उपचारका लागि वीरगन्ज लगिएको छ । गोली चलाउने तिवारी भने फरार छन् । उनको खोजी भइरहेको र घटनाबारे पनि प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार