Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ‘मोस्टवान्टेड’ भारतीय नागरिकलाई सर्लाही प्रहरीले किन हान्यो गोली ?

    ‘मोस्टवान्टेड’ भारतीय नागरिकलाई सर्लाही प्रहरीले किन हान्यो गोली ?

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 798
    SHARES

    सर्लाही । सर्लाहीमा प्रहरीले डाँका पक्रिन सोमबार राति प्रहरीले गोली चलायो । मोस्टवान्टेड सूचीमा रहेका दुईजना भारतीय नागरिकलाई पक्रन प्रहरीले गोली चलाएको हो ।

    पक्राउ पर्नेमा बरहथवा नगरपालिका– ६ मा डेरा गरी बसिरहेका भारत बिहार सीतामढी सैयाराग्राम बस्ने लक्ष्मण सिंहको छोरा वर्ष २८ वर्षीय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा बस्ने अशोक राउतका छोरा २४ वर्षीय जितेन्द्र राउत छन् ।



    सर्लाहीको बरहथवामा पक्राउ गरेर जिल्लामा लैजाँदै गर्दा प्रहरीको हतियार खोसेर भाग्न खोजेपछि उनीहरुबिरुद्ध प्रहरीले जवाफी कारबाही गरेको बताइएको छ ।



    भारतीय प्रहरीको सूचनाको आधारमा पक्राउ गर्न गएराति साढे ८ बजे सर्लाही प्रहरीको टोली पुगेपछि जितेन्द्रले प्रहरीमाथि गोली चलाएका थिए ।

    उनको गोलीबाट प्रहरी जवान बल्लतल्ल जोगिएको प्रहरीको दाबी छ । पक्राउ गरी लैजाने क्रममा बाटोमा भ्यान परिवर्तन गर्ने बेला पनि जितेन्द्र भाग्न खोजेका थिए ।

    आरोपीहरूलाई पक्राउ गर्न ५ राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सो मध्ये दुई राउन्ड गोली जितेन्द्रलाई लागेको हो । उनको वायाँ खुट्टाको घुँडामा गोली लागेको छ । सर्लाही प्रहरीका अनुसार खतरामुक्त अवस्थामा उनको उपचार भइरहेको छ ।

    मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । आरोपीहरूविरुद्ध अपहरण र शरीर बन्धक कसुरमा एक दर्जन मुद्दा रहेको प्रहरीले जनाएको छ । उनीहरुले बोकेको अमेरिकन पेस्तोल र ६ राउन्ड गोली पनि प्रहरीले बरामद गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार