Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ‘मुलुकमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था सिर्जना नभएसम्म बालश्रम न्यूनीकरण हुन सक्दैन’

    ‘मुलुकमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था सिर्जना नभएसम्म बालश्रम न्यूनीकरण हुन सक्दैन’

    अनलाइन नेपाल
  • मंगलबार, २९ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले बालश्रम न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताएकी छिन् ।

    गिरिजाप्रसाद कोइराला लेबर फाउन्डेशनले आज गोकर्णेश्वरमा आयोजना गरेको ‘बालश्रम न्यूनीकरणका लागि जागरण कार्यक्रम’मा पूर्वउपप्रधानमन्त्री कोइरालाले गरिबीका कारण बालश्रम बढेको भन्दै यसलाई न्यूनीकरण गर्न सरकार गम्भीर बन्नुपर्ने बताइन्।



    “जबसम्म मुलुकमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था सिर्जना हुँदैन, तबसम्म बालश्रम न्यूनीकरण हुन सक्दैन,” उनले भनिन् । बालबालिकालाई श्रममुक्त बनाउनका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो ।



    गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले घरायसी समस्याका कारण बालबालिका श्रम गर्न बाध्य भएको उल्लेख गर्दै बालश्रम न्यूनीकरणका लागि नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार