Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कांग्रेस नेतृ सुजाता कोइरालाका निजी सचिव दुलाल पक्राउ, १ अर्ब ठगी गरेको अनुमान

    कांग्रेस नेतृ सुजाता कोइरालाका निजी सचिव दुलाल पक्राउ, १ अर्ब ठगी गरेको अनुमान

    नक्कली भुटानी शरणार्थीका नाममा असुली धन्दा

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । भुटानी शरणार्थीलाई अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाका निजी सचिव केशवप्रसाद दुलालसहित तीनजना पक्राउ परेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ठगी आरोपमा दुलाल, सानु भट्टराई र टेककुमार गुरूङ पक्राउ परेका हुन् । उनीहरुले ८१ जना नेपालीलाई भूटानी शरणार्थी बनाएर बिदेश पठाइसकेको खुलेको छ ।



    १३ करोड ६३ लाख रुपैयाँ लिएर फरार भएपछि पीडितहरू प्रहरी कार्यालयमा पुगेका थिए । उनीहरुको जाहेरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले झण्डै ५ वर्षयता त्यस्तो काम गर्दै आएका गिरोहका नाइके दुलालसहितका व्यक्तिलाई आइतबार काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।



    यो गिरोहले पाँच वर्षयता झन्डै १ अर्ब ठगी गरेको अनुमान छ । कांग्रेस नेतृ सुजाताको पीए दुलालले प्रहरी प्रशासनदेखि सबैतिर पहुँच छ भनेर कीर्ते कागजात तयार गरी नेपालीलाई भूटानी शरणार्थी बनाउँदै विदेश पठाउने धन्दा लामो समयदेखि गर्दैआएको बुझिएको छ ।

    यस घटनाको विस्तृत रूपमा अनुसन्धान हुने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । दुलाल कांग्रेस नेतृ सुजाता परराष्ट्रमन्त्री भएका बेला उनका सहयोगी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार