Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • क्रोएसिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने तामाङ पक्राउ

    क्रोएसिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने तामाङ पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 666
    SHARES

    काठमाडौं । वैदेशिक रोजगारीको लागि वर्किङ भिसामा क्रोएसिया पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ का ४६ वर्षीय मेघलाल तामाङ रहेका छन् ।



    उनले पीडितहरूबाट पटकपटक गरी १५ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेका थिए ।



    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागको टोलीले तामाङको खोजतलास गर्ने क्रममा सोमबार बिहान काठमाडौंको मिनभवनबाट पक्राउ गरेको थियो ।

    तामाङलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार