Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • युक्रेनले भन्यो-‘हाम्रा हजार सैनिकले आत्मसमर्पण गरेका छैनन्, रुसले गरेको दाबी गलत हो’

    युक्रेनले भन्यो-‘हाम्रा हजार सैनिकले आत्मसमर्पण गरेका छैनन्, रुसले गरेको दाबी गलत हो’

    अनलाइन नेपाल
  • बुधबार, ३० चैत्र २०७८
  • 990
    SHARES

    फाइल तस्विर

    एजेन्सी । एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेको भन्ने रुसको दाबी युक्रेनले अस्वीकार गरेको छ ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक शीर्ष सल्लाहकारले मारिउपोल अझै पनि आफूहरूको नियन्त्रणमा दाबी गरेका छन् ।



    उनले युक्रेनी सहरको सुरक्षा व्यवस्था मजबुत बनाएको र सेनाको संख्या पनि बढाइएको दाबी गरेका छन्। दाबी–प्रतिदाबीच मारिउपोलमा वास्तवमा के भइरहेको छ भनेर पत्ता लगाउन धेरै गाह्रो छ ।



    रुसले युक्रेनको दक्षिणी बन्दरगाह सहर आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ। यस सहरमा रुसले केही सातादेखि आक्रमण गरिरहेको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार