Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सशस्त्र प्रहरी बलमा एआईजी बढुवा गर्न ३ दिने सूचना

    सशस्त्र प्रहरी बलमा एआईजी बढुवा गर्न ३ दिने सूचना

    अनलाइन नेपाल
  • बिहिबार, १ बैशाख २०७९
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । सशस्त्र प्रहरीमा रिक्त भएको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न प्रतिस्पर्धीहरुका लागि सूचना प्रकाशन गरिएको छ ।

    बुधवार नियुक्त भएका आईजीपी पुष्पराम केसीले ३ दिने सूचना जारी गरेका हुन् । आईजीपी बढुवा समितिको सदस्य सचिव हुने व्यवस्था छ ।



    सशस्त्र प्रहरीमा एआईजीको १ सिट रिक्त छ । सो सिटमा बढुवा हुन ३ जना प्रतिस्पर्धामा छन् ।



    एआईजी बढुवा प्रतिस्पर्धामा रहेका डीआईजी राजु अर्याल बरियतामा अगाडि छन् । बरियताको दुई नम्बरमा नारायणदत्त पौडेल र तेस्रो नम्बरमा चन्द्र प्रकाश गौतम छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार