Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग : युनाइटेडको जितमा रोनाल्डोको ह्याट्रिक

    इंग्लिस प्रिमियर लिग : युनाइटेडको जितमा रोनाल्डोको ह्याट्रिक

    अनलाइन नेपाल
  • आइतबार, ४ बैशाख २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

    शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडसँग नर्विच सिटी ३–२ ले पराजित भएको हो ।



    जितसँगै युनाइटेडले शीर्ष चारमा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको छ । युनाइटेडका तर्फबाट रोनाल्डोले ह्याट्रिक गरेका थिए । भने नर्विच सिटीको तर्फबाट किइरन डोवेल र टीमु पुक्कीले गोल गरे ।



    ३७ वर्षीय रोनाल्डोको प्रिमियर लिगको जारी सिजन यो १५औँ गोल हो । जितपछि युनाइटेडले ३२ खेलबाट ५४ अंक जोडेको छ । समान ५४ अंक जोडेको आर्सनल छैटौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार