Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गठबन्धनले टुङ्ग्यायो महानगर र उपमहानगरपालिकाको भागबन्डा

    गठबन्धनले टुङ्ग्यायो महानगर र उपमहानगरपालिकाको भागबन्डा

    अनलाइन नेपाल
  • बुधबार, ७ बैशाख २०७९
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिकाको भागबन्डा टुंगो लगाएको छ ।

    सोमबार प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बसेको बैठकमा दलीय भागबन्डा टुङ्गयाएको हो ।



    ६ महानगर र ९ उपमहानगरको प्रमुख र उपप्रमुखको भागबन्डा मंगलबार रातिको बैठकमा नै सहमति बनिसकेको थियो भने बाँकी पालिकाहरुमा आजको बैठकले टुंगो लगाएको हो ।



    भागबन्डा मिलाउन दलहरुबीच बालुवाटारमा छुट्टा छुट्टै छलफल समेत भएको थियो । अन्तिम सहमति पत्रमा केहीबेरपछि हस्ताक्षर हुँदैछ ।

    दलहरुको सहमति अनुसार स्थानीय तह निर्वाचनमा ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेछ । नेकपा माओवादी केन्द्रले जीतपुर सिमरा र घोराही गरी दुई उपमहानगरपालिकाको नेतृत्व पाउनेछ । एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाउनेछ । यीबाहेक धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको नेतृत्व कांग्रेसले पाउनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार