Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • १८ गते देखि सत्तारुढ गठबन्धनले संयुक्त चुनावी सभा गर्ने

    १८ गते देखि सत्तारुढ गठबन्धनले संयुक्त चुनावी सभा गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल् तस्विर

    काठमाडौं । सत्तारुढ गठबन्धनले संयुक्त चुनावी सभा गर्ने भएको छ ।

    स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले वैशाख १८ देखि २२ गते सम्म सात वटै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको हो ।



    बैठकमा सहभागी नेताहरुका अनुसार चुनावी सभालाई गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् ।



    १८ गते सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा, १९ गते लुम्बिनीको बुटवल र गण्डकीको पोखरामा, २० गते मधेशको जनकपुर र प्रदेश १ को विराटनगर तथा २२ गते वागमतीको काठमाडौंमा संयुक्त आमसभा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार