Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भन्सार एजेन्टको परीक्षा तोकिएको समयमै हुने

    भन्सार एजेन्टको परीक्षा तोकिएको समयमै हुने

    अनलाइन नेपाल
  • शुक्रबार, ९ बैशाख २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । पटक-पटक स्थगित हुँदै आएको भन्सार एजेन्टको परीक्षा आउने शनिबार नै हुने भएको छ।

    निर्वाचन आयोगले परीक्षाफल निर्वाचन आचार संहिता लागु हुने समय सकिएपछि प्रकाशित गर्ने गरी परीक्षा गर्न सहमति दिएपछि ६६० भन्सार एजेन्टको परीक्षा वैशाख १७ मै हुने भएको हो ।



    निर्वाचन आयोगले बुधबार आफैले दिएको निर्देशनलाई आज शुक्रबार सच्याउँदै यस अघि तोकिएको समयमै परीक्षा गर्न भनेको हो ।



    भन्सार एजेन्टहरुको नतिजा स्थानीय तहको निर्वाचन आचार संहिता सकिएपछि प्रकाशित गर्ने शर्तमा निर्वाचन आयोगले परीक्षा सञ्चालन गर्न अनुमति दिएको हो ।

    १ वर्षभन्दा बढी समयदेखि अड्किरहेको भन्सार एजेन्टको परीक्षा वैशाख १७ गतेबाट गर्ने तयारी थियो ।

    तर निवार्चन आयोगले आचार संहिता लागू भइसकेको अवस्थामा उक्त परीक्षा गर्न नसकिने भन्दै गत बुधबार मात्र परीक्षा रोक्नका लागि निर्देशन दिएको थियो ।

    भन्सार विभागले २०७७ चैत्र १६ को सार्वजनिक सूचना जारी गर्दै भन्सार एजेन्टको इजाजत लिन दरखास्त आह्वान गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार