Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भोलि हुने भनिएको भन्सार एजेन्टको परीक्षा स्थगित गर्न उच्च अदालतको आदेश

    भोलि हुने भनिएको भन्सार एजेन्टको परीक्षा स्थगित गर्न उच्च अदालतको आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । भन्सार एजेन्टको परीक्षा रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

    बिहीबार न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले शनिबार तय भएको परीक्षा चैत ६ गतेसम्मका लागि परीक्षा स्थगित गर्न आदेश दिएको हो ।



    भन्सार विभागले प्रकाशित गरेको सूचना नेपालको संविधानको धारा ४२ अनुसार समानुपातिकरसमावेशी नभएको भन्दै कृष्टिना थैवले भन्सार विभागलाई विपक्षी बनाई एक वर्ष अघि रिट दायर गरेकी थिइन् ।



    रिट निवेदकले माग गरे बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा दुवै पक्षसँग छलफल हुने भएको छ । आगामी चैत ६ गते अदालतमा उपस्थित हुन विपक्षीको नाममा अदालतले आदेश दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार