Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रोल्पामा ‘विप्लव’ समूहका ६ नेताले दिए प्रमुख पदमा उम्मेदवारी

    रोल्पामा ‘विप्लव’ समूहका ६ नेताले दिए प्रमुख पदमा उम्मेदवारी

    अनलाइन नेपाल
  • मंगलबार, १३ बैशाख २०७९
  • 1.1K
    SHARES

    रोल्पा । रोल्पामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ६ जना नेता तथा कार्यकर्ताले स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

    स्थानीय तहको निर्वाचनका लागि थबाङसहितका स्थानीय तहमा उनीहरूले मनोनयन दर्ता गरेका हुन् । गंगादेव गाउँपालिकामा नेकपाका केन्द्रीय सदस्य चुडामणि वलीले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।



    यस्तै थबाङमा अमित घर्तीमगर, सुनिलस्मृतिमा कमल थापा, परिवर्तनमा लालबहादुर डाँगी, लुंग्रीमा भुपेन्द्र खड्का, सुनछहरीमा पुष्टमन घर्तीमगरले उम्मेदवारी दिएका हुन् ।



    उम्मेदारी दिएका नेतमा वली पार्टीका केन्द्रीय सदस्यसमेत हुन् । अरु उम्मेदवार भने जिल्ला सदस्य हुन् । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार