Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ग्यास अभाव कायमै, झण्डै एक सातासम्मको पालो पर्खिनु पर्ने बाध्यता

    ग्यास अभाव कायमै, झण्डै एक सातासम्मको पालो पर्खिनु पर्ने बाध्यता

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पछिल्लोपटक प्रतिसिलिन्डर १ सय रुपैयाँ मूल्य बढाइए पनि उपभोक्ताले ग्यास अभावको समस्या झेलिरहनुपरिरहेको छ ।

    बजारमा मागअनुसारको आपूर्ति नभएका कारण हाल उपभोक्ताले एक सिलिन्डर खाना पकाउने ग्यास लिन झन्डै डेढ सातासम्मको पालो पर्खिरहनुपरेको छ ।



    गत चैतमा व्यवसायीले गरेको आन्दोलनले बजारमा अभाव भएको खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था सहज हुन अझै एक सातासम्म कुर्नुपर्ने भएको छ ।



    चैत महिनामा राष्ट्रिय पेट्रोलियम संस्थागत समन्वय समितिले १० दिनसम्म ढुवानी रोकेका कारण अहिलेसम्म काठमाडौं उपत्यकालगायत देशैभर बजारमा ग्यासको अभाव कायमै छ ।

    बढाईएको मूल्य तिर्दा पनि अझै उपभोक्ताले एक सिलिन्डर ग्यास पाउन ग्यास डिपोहरूमा झन्डै एकदेखि डेढ सातासम्मको भाका कुनुपर्ने बाध्यता छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार