Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अब खाना पकाउने ग्यासमा दुई थरी मूल्य

    अब खाना पकाउने ग्यासमा दुई थरी मूल्य

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 792
    SHARES

    फाइल तस्विर

    काठमाडौँ  । खाना पकाउने ग्यासमा दुई थरी मूल्य निर्धारण गरिने भएको छ ।

    औद्योगिक प्रयोजन र घरायसी प्रयोजनका लागि दुई थरी मूल्य लागू गरिने भएको हो ।



    औद्योगिक प्रयोजनका लागि परल मूल्यमा र घरायसी प्रयोजनका लागि केही सहुलियतमा बिक्री गर्ने तयारी रहेको नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले बताए ।



    पत्रकार सम्मेलनमार्फत उनले यस्तो जानकारी गराएका हुन् । त्यसका लागि ग्यासको गन्ध र सिलिन्डरको रङ्ग पनि फेरिने उनले जानकारी दिए ।

    ‘हिजो रातो र नीलो सिलिण्डरको मात्रै कुरा गरियो अब रङको मात्रै होइन, साइजको कुरा ५ देखि ४ सय केजीसम्म ग्यासका सिलिण्डर आउने गर्छ’ उनले भने ‘गन्ध, रङ्ग र साइजका आधारमा चाँडै ग्यासको दोहोरो मूल्यमा जान्छौं’ उनले भने ।

    हाललाई ग्यासमा मूल्य बढाउने तयारी नरहेको पनि उनले बताए । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढेपनि निगमले बढाएको छैन । हाल निगमलाई ग्यासमा प्रतिसिलिण्डर ७५१ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार