Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बोरिङ खन्दा निस्किएको ग्यास १७ घण्टापछि रोकियो

    बोरिङ खन्दा निस्किएको ग्यास १७ घण्टापछि रोकियो

    अनलाइन नेपाल
  • बुधबार, ४ साउन २०७९
  • 717
    SHARES

    काठमाडौं । मंगलबार बिहान १० बजेदेखि जोरपाटीको लोसेटारस्थित सन्तकुमार लामाको घरबाट ग्याससँगै निस्किएको बालुवाको मुस्लो रोकिएको छ ।

    करिब १७ घण्टापछि ग्याससहित लेदोको मुस्लो रोकिएको हो ।



    गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ स्थित लामाको घरबाट बोरिङ खनेर पाइप हाल्ने क्रममा एक्कासी निस्किएको ग्याससहित लेदोको मुस्लो बुधबार बिहान सवा ३ बजे रोकिएको बताइएको छ ।



    रातिसम्म मुस्लो निस्कने क्रम नरोकिएपछि नेपाली सेनाको टोलीले त्यस क्षेत्र आसपासका ५० मिटर नियन्त्रणमा लिएर प्रवेश निषेध गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार