Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • वडा अध्यक्षका उम्मेदवारको यस्तो प्रोफाइल, २ विषयमा डिग्री र २५ वर्ष अध्यापन

    वडा अध्यक्षका उम्मेदवारको यस्तो प्रोफाइल, २ विषयमा डिग्री र २५ वर्ष अध्यापन

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 3.2K
    SHARES

    धादिङ। आशन्न ३० वैशाखमा हुने निर्वाचनको लागि देशैभरबाट स्थानीय तहका विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ । विभिन्न क्षेत्रमा भिन्न भिन्न परिचय र पृष्ठभूमि भएका उम्मेदवार देखिएका छन् ।
    लो(प्रोफाइलमा बसेर काम गर्न चाहाने त्यस्ता अपवाद मात्रै उम्मेदवार छन् । राजनीतिक निक्‍खरता भएको, लामो संघर्ष गरेको पढाईमा अब्बल भएको स्थानीय विकासमा खटिएको ।
    यस्तै अपवाद पात्र मध्यका एक हुन् । धादिङको ज्वालामुखी गाउँपालिका ७ का वडाअध्यक्ष ज्ञानेन्द्रप्रसाद खकुराल । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका उनी २०४९ सालमा नै तत्कालीन गाविस अध्यक्षमा उम्मेदवारसमेत बनेका थिए ।
    उनको प्रोफाइल हेर्ने हो भने साच्चिकै लोभलाग्दो रहेको छ । २ वटा विषयमा माष्टर डिग्री गरेका उनी २५ वर्ष अध्यापन गराएको तथा सात वर्ष स्रोत व्यक्तिको रुपमा काम गरेको अनुभव छ भने ४१ वर्ष लामो सक्रिय राजनीति गरेका छन् ।
    यस्तो छ उनको प्रोफाइल
    अध्ययन अध्यायपन
    २०२३ सालमा धादिङको चैनपुरमा जन्मिएका उनी चैनपुरकै श्री सालबास मा।वि।बाट एसएलसीसम्मको शिक्षा, त्रिचन्द्र कलेजबाट बायोकेमेस्ट्री विषयमा बीएससी, ग्रामीण आदर्श बहुमुखी क्याम्पसबाट शिक्षा शास्त्र र त्रिभुवन विश्वविद्यालयबाट जनसंख्या शास्त्र दुबैमा स्नातकोत्तर सम्मको अध्ययन पुरा गर्नु भएको छ ।
    उहाँले विक्रम सम्बत् २०५१ साल देखि अनवरत रुपमा २०७६ सम्म शिक्षण पेशामा रही अध्ययन अध्यापन गराए । शिक्षण पेशाको उत्तरार्धका पछिल्ला ७ बर्ष सम्म श्रोत व्यक्तिको रुपमा काम गर्दै उहाँले देशका विभिन्न ठाउँको भ्रमणका क्रममा विभिन्न समाजिक परिवेश र स्थानीय वस्तुस्थितिको जानकारी लिएका छन् ।
     

    ३८ वर्ष लामो सक्रिय राजनीति
    आफ्नो विद्यार्थी जीवन देखिनै राजनैतिक रुपमा सक्रिय रहेका खकुराल २०३८ सालमा ने।वि।संघ धादिङ, जिल्ला कार्यसमिति सदस्य बनेका थिए । त्यसपछि २०४५ सालमा त्रि–चन्द्र कलेज ने।वि।संघको इकाई सदस्य, २०४९ को स्थानीय चुनावमा साविक चैनपुर गा।वि।समा अध्यक्ष पदको उमेदवार बनेका थिए ।
    उनले सामाजिक कार्यमा आफ्नो अग्रसरतालाई निरन्तरता दिंदै २०७६ साल देखि हाल सम्म ज्वालामुखी गाउँपालिका, वडा नं ०७ को नेपाली कांग्रेस पार्टीको सभापतिका रुपमा आफ्नो जिम्मेवारी निभाएका छन् ।
    यति लामो पृष्ठभूमि रहेका उनी जनताको सेवा गर्नप्रति आफूलाई प्रेरित गर्दै आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका प्रत्यासी बनेका छन् ।



    खकुरालका १२ एजेण्डा
    सामान्यतया वडा तहमा एजेण्डा बनाएर पुग्ने उम्मेदवाहरु पाइदैनन् । तर खकुराल भने वडाको विकास र सामाजिक सुशासनको लागि १२ बुदे एजेण्डा बोकेर प्रस्तुत भएका छन् । टोलटोलमा निशुल्क स्वास्थ्य, शिक्षा खेलकुददेखि वडा तहको छुट्टै वेवसाइडसम्मका योजना उनले बोकेका छन् ।
    जुन यस प्रकार छन् :



    १. युवाहरूलाई खेलकुदप्रती उत्प्रेरित गरि खेलकुदको बिकास गर्न साबिकको हरेक वडामा खेलकुद मैदान बनाउने र हाल भएका खेलकुद मैदानहरुको स्तरोन्नति गर्ने । वडाका सबै टोलहरुमा समय समयमा निशुल्क स्वास्थ शिक्षा र खेलकुदका कार्यक्रमहरु सन्चालन गर्ने ।
    २.वडाभित्रका सम्पुर्ण भित्रि गोरेटो बाटोहरुको स्तरोन्नति गर्ने । आगामी पाँच बर्षमा वडा भित्रका मुख्य र अत्यावश्यक बाटोहरु कालोपत्रे गराउन माथिल्लो निकायमा पहल गर्ने ।
    ३. वडा भित्र भनसुन, पहुँच, बल र पैसाका आधारमा नभएर नियम, कानुन, नीति र पद्धतिका आधारमा काम गर्ने। वडाकै आम्दानीले गाउँ बिकासको निमित्त वडामा हुने साना ठुला सबै ब्यवसायहरुलाई करको दायरामा ल्याउने ।
    ४. वडाभित्रका सम्पुर्ण बिद्यालयहरुको स्तरोन्नति गरि अङ्ग्रेजी भाषामा कक्षा संचालन गर्नलाई पहल गर्ने । वडा भित्रका अति बिपन्न बिद्यार्थीहरुका लागि कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदानका लागि अधिक्तम पहल गर्ने । साथै अति बिपन्न परिवारलाई निशुल्क पानी र बिजुलीको ब्यवस्था गर्ने ।
    ५. गाउँमै बसि गाउँ भित्रै व्यवसाय गर्न चाहनेहरुका लागि १ र२ बर्षका लागि बिना ब्याज १र२लाख सम्मको ऋण उपलब्ध गराउन सहयोग गर्ने। आत्मनिर्भर बन्न तथा बिदेश जान चाहने युवाहरूका लागि निशुल्क सिप बिकासका तालिमहरु जस्तै ड्राइभिङ, प्लम्बिङ, सिकर्मी तथा डकर्मी आदि तालिमहरु उपलब्ध गराउने ।
    ६. वडाबासिहरुको लागि स्वास्थ्य बिमाको अवधारणा ल्याउने । दलित तथा बिपन्न बर्गलाइ निशुल्क स्वास्थ्य बिमा गर्ने ब्यबस्था मिलाउने । वडाका लागी बिरामी बोक्ने एम्बुलेन्स व्यवस्था गर्ने ।
    ७. वडाका सम्पुर्ण किसानहरुलाइ सम्बन्धित क्षेत्रको बिज्ञबाट आधुनिक कृषि तथा पशुपालन प्रणालीका बारेमा तालिम तथा प्रशिक्षण दिने । र सबै किसानलाइ मौसम अनुसारको उन्नत बीउ बिजन निशुल्क उपलब्ध गराउने । वडा भरिको कृषि उत्पादनलाई प्रबर्द्धन गर्न खरिद तथा बिक्री केन्द्र स्थापना गर्ने । पायक पर्ने स्थानमा चिलिङ भ्याट सहितको एक आधुनिक दुग्धडेरि स्थापना गर्ने । भौगोलिक बनोट र वातावरणिय सन्तुलनलाई ख्याल गरि वडाभित्रका सबै कृषियोग्य जमिनसम्म कृषिसडक पुर्याउन अधिक्तम पहल गर्ने । कृषि बिमा र पशु बिमालाइ सबै घरपरिवारको पहुँचमा पुर्याउने र अनिवार्य गर्ने ।
    ८. एक घर एक धारा तथा एक घर एक शौचालयको व्यवस्था गर्ने । वडाका सबै टोलहरुलाइ पुर्ण सरसफाइ टोलमा परिणत गर्ने ।
    ९. वडाभित्र दलित समुदायको उल्लेख्य बसोबास रहेकोले उहाँहरुले परम्परागत रुपमा गर्दै आएको पेशालाई थप आधुनिकीकरण गर्न सीप, प्रबिधी र आर्थिक प्याकेज सहितको बिशेष कार्यक्रमहरु सन्चालन गर्ने । त्यसैगरी जनजातीहरुको सीप र क्षेमता अभिवृद्धि गर्न उहाँहरुको चाहना र आबश्यकता अनुसार सीप, प्रबिधि र आर्थिक प्याकेज सहितको कार्यक्रमहरु सन्चालन गर्ने ।
    १०. वडाभित्रका विभिन्न धर्मावलम्बीसंग सम्बन्धित मठ, मन्दिर, मस्जिदहरुको पहिचान, बिकास र प्रबर्द्धन गरि यस वडालाइ पर्यटकिय वडा बनाउने ।
    ११. वडाबाट गरिने अधिकांश कार्यहरूलाइ डिजिटल प्रबिधिमा आबद्ध गर्ने ।
    १२. प्रत्येक महिनाको अन्त्यमा वडा कार्यलयबाट भएका सम्पुर्ण खर्चहरु सार्वजनिक स्थल, वडा कार्यलयको सूचना पाटी तथा वडाको वेवसाईटमा सार्वजनिक गर्ने।

    १३. बुढिगण्डकी डुबान क्षेत्रका परिवारलाई माथिल्लो निकाय संग समन्वय गरि वडाभित्र नै पुनर्वासको व्यवस्थापनका लागि अधिक्तम पहल गर्ने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार